तीन करोडको स्याउ उत्पादन, साठी लाखको बिक्री
deshsanchar.com · Wed Jan 11 16:45:07 GMT 2023
सिमकोट – यस वर्ष हिमाली जिल्ला हुम्लामा तीन करोड मूल्यका स्याउ उत्पादन भएको पाइएको छ। स्याउ उत्पादन राम्रो भए पनि बजारको समस्याको कारण जम्मा साठी लाख मूल्यका स्याउ बिक्री भएको पाइएको हो।
सिमकोट गाउँपालिका– ६ का जयचन्द्र रोकायाले आफूले ५० क्विन्टल स्याउ उत्पादन गर्न सफल भएको बताए। स्याउ उत्पादन राम्रो भए पनि बिक्री २५ क्विन्टल मात्र गर्न सफल भएको भन्दै उनले अहिले पनि स्टोरमा स्याउ भण्डारण गरि रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)