छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध
khabarhub.com · Tue Sep 29 13:50:21 GMT 2026

गुल्मी – वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन । कालीगण्डकी गाउँपालिका-२ राक्सेमा गत बिहीबार राति सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउन वर्षा रोकिएपछि सोमबादेखि नै स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)