मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महसुल बक्यौता रहेका कम्पनीले प्रिमियममा आइपिओ ल्याउन थालेको भन्दै प्राधिकरणको पत्र

nayapatrikadaily.com · Tue Jan 16 00:23:00 GMT 2024

प्रिमियममा आइपिओ निष्कासनको तयारीमा रहेका कम्पनीको विद्युत् महसुल बक्यौता रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । अंकित मूल्यभन्दा बढी (प्रिमियम)मा आइपिओ जारी गर्न लागेका कम्पनीको बक्यौता दायित्व रहेको भन्दै प्राधिकरणले बोर्डको ध्यानाकर्षण गराएको हो ।

अर्बौँ रुपैयाँको दायित्वलाई मूल्यांकन तथा विश्लेषण नगरी धमाधम प्रिमियममा आइपिओ जारी गर्न अनुमति दिन थालिएपछि बोर्डलाई ध्यानाकर्षण गराएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । उनले भने, ‘सिमेन्ट, डन्डीलगायत उद्योगले प्राधिरकणलाई अर्बौँ रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी छ । तर, उक्त दायित्वको मूल्यांकन नगरी ती उद्योगलाई प्रिमियममा आइपिओ जारी गर्न दिँदा सर्वसाधारण लगानीकर्ता मर्कामा पर्ने देखिन्छ, यसमा गम्भीर ध्यान दिन आवश्यक छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)