कांग्रेस सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित
nepalnews.com · Tue Sep 29 13:59:15 GMT 2026

बाँके। नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं १ र २ का क्षेत्रीय सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित भएका छन्। कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेपाली कांग्रेस बाँके क्षेत्र नं १ को क्षेत्रीय सभापति र डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।
आचार्य आज सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् भने चौधरीले वीरेन्द्रबहादुर शाहलाई पराजित गरेका थिए। पार्टीका पूर्व क्षेत्रीय सभापति पोषण केसीले पार्टी एकता, सहमति, सहकार्यका लागि आफूले क्षेत्रीय सभापतिमा आचार्यलाई समर्थन गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)