मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सीएसकेलाई हराउँदै आरसीबी प्ले-अफमा

ekantipur.com · Sun May 19 00:10:34 UTC 2024

काठमाडौँ — रोयल च्यालेन्जर्स बेंगलुरुले शनिबार चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै यस सिजनको आईपीएलको प्ले-अफ यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ ।

बेंगलुरुको जितमा कप्तान फाफ डु प्लेसिस र विराट कोहलीले ब्याट महत्त्वपूर्ण योगदान दिए । प्ले–अफ पुग्नका लागि बेंगलुरुले लगातार ६ खेल जितेको हो । पहिले ब्याटिङ गर्दै बेंगलुरुले आठ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)