बुन्डेसलिगामा बायरको अपराजित यात्राको कीर्तिमान
ekantipur.com · Sun May 19 00:18:04 UTC 2024
काठमाडौँ — बायर लेभरकुजनले शनिबार जर्मन बुन्डेसलिगामा पूरा सिजन अपराजित रहने पहिलो टिमका रूपमा कीर्तिमान बनाएको छ । उसले लिगको अन्तिम खेलमा असबर्गलाई २–१ ले हरायो । यससँगै बायरको यो सिजन तीन उपाधि जित्ने सपना पनि कायम रह्यो ।
लिगका ३४ खेलमध्ये बायर २८ खेलमा विजयी रह्यो । यसक्रममा उसले ८९ गोल गर्यो भने २४ गोल मात्र खायो । ज्याभी एलोन्सोको टिमले यसअघि नै लिग उपाधि जितिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)