मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बूढीगण्डकी जलविद्युत् - सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न स्थानीयको माग

Ujyaaloonline.com · Sun May 19 00:09:36 UTC 2024

गोरखा – बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको निर्माण तत्काल नथाल्ने हो भने सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न माग गरेका छन् । आयोजनाको निर्माण तत्काल शुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रतिवद्धता डेढ वर्षसम्म पनि पूरा नभएकोमा उनीहरुको असन्तुष्टि छ ।

बूढीगण्डकी सरोकार समितिले गोरखा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले तत्काल काम शुरु गर्न आग्रह गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)