एघाराैँ शताब्दीको गुम्बा मर्मत सम्पन्न
deshsanchar.com · Wed Nov 08 16:45:39 GMT 2023
सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमी उपत्यकाको हल्जी गाउँमा एघाराँै शताब्दीमा निर्माण भएको हल्जी थुप्देन रिन्जिलिङ गुम्वाको मर्मत पूरा भएको छ। जीर्ण अवस्थामा रहेको ऐतिहासिक गुम्बाकोे तीन वर्ष लगाएर मर्मत पूरा भएको हो।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पुरानो कलाले भरिएको गुम्वाको मर्मत गर्ने कार्य पूरा भएको बताए। गुम्बाको मर्मतका लागि तीन वटा निकाय पुरातत्व विभाग, प्रदेश सरकार र गाउँपालिकाको एक करोड लागतमा मर्मत सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)