५५–३० को प्रावधानसहितको विधेयकले कर्मचारीतन्त्रमा खैलाबैला, आउन सक्छ राजीनामाको बाढी
lokaantar.com

अध्यादेशमार्फत संघीय निजामती सेवा ऐन ल्याउने चर्चा चलिरहेका बेला सरकारले भने निजामती प्रशासनको छाता कानुनका रूपमा रहेको ‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसद्मै लैजाने निर्णय गरेको छ । तर, सरकारले अघि बढाउन लागेको विधेयकले नै कर्मचारीतन्त्रमा अर्को खैलाबैला मच्चाएको छ ।
विशेषगरी ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएपछि अनिवार्य अवकाश दिने प्रस्तावले कर्मचारीहरूमा आफ्नो जागिर र निवृत्तिभरणको भविष्यबारे चिन्ता बढाएको छ । विधेयक संसद्मा दर्ता भएर त्यसका प्रावधान सार्वजनिक रूपमा स्पष्ट भएपछि अझै ठूलो संख्यामा कर्मचारीले राजीनामा दिन सक्ने अवस्था देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)