राष्ट्रिय सभा निर्वाचन आजः १९ सिटमा ५२ प्रतिस्पर्धी
rajdhanidaily.com · Wed Jan 24 23:10:48 GMT 2024
काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज बिहीबार हुँदै छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । १९ सिटका लागि निर्वाचन हँुदै छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनमा सकिँदै छ । २० मध्ये एक सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित र १९ निर्वाचित हुन् । राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)