फूलकोर्टको ठहर : बाह्य हस्तक्षेप बढी भयो
baahrakhari.com · Tue Sep 29 14:26:50 GMT 2026

काठमाडौं । पुर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्राउलाई लिएर सर्वोच्च अदालतको फूलकोर्टमा भएको छलफलमा न्याय सम्पादनमा ‘बाह्य प्रभाव र हस्तक्षेप’ बारे गम्भीर छलफल भएको पाइएको छ ।
फूलकोर्ट बैठकमा संलग्न सर्वोच्चका न्यायाधीशहरुले पूर्वप्रधानन्यायाधीश राणालाई मध्यरातमा पक्राउ गरिएको विषयमा सरकारको आलोचनासँगै न्यायमा बाह्य हस्तक्षेप भएको भन्दै चर्को स्वरमा प्रश्न उठाएका थिए । सोमबार (असोज १२) सर्वोच्चमा बहाल प्रधानन्यायाधीशसहित १७ न्यायाधीशमध्ये विनोद शर्माबाहेक सबै फूलकोर्ट छलफलमा सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)