प्रेस काउन्सिल नेपालका अध्यक्षमाथि दुर्व्यवहार
ratopati.com · Tue Sep 29 14:33:12 GMT 2026

काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठ र कर्मचारीमाथि दुर्व्यवहार भएको छ। काउन्सिलद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनका विषयमा भएको छलफलका क्रममा काउन्सिलका अध्यक्ष श्रेष्ठलाई लक्षित गर्दै धम्कीपूर्ण र अपमानजनक व्यवहार भएको हो।
छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा मंगलबार दिउँसो काउन्सिलका अध्यक्षको कार्यकक्षमा छलफल भइरहेको समयमा महासङ्घ र कार्यदलका तर्फबाट सहभागी केही व्यक्तिले काउन्सिलका कर्मचारीमाथिसमेत अपमानजनक व्यवहार गरेका प्रेस काउन्सिलका सदस्य नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)