मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल र हमासबीच गाजामा मानवीय सहायता उपलब्ध गराउने सम्झौता

Ujyaaloonline.com · Wed Jan 17 01:00:13 GMT 2024

काठमाण्डौ – इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् । कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिहरूलाई अनुमति दिने कतारका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एक सय दिनभन्दा बढी समयसम्म इजरायली आक्रमणका कारण गाजाका विभिन्न क्षेत्रमा अवस्था भयावह रहेको बीबीसीको खबरमा उल्लेख छ । यसैबीच अमेरिकाले अब हुने वार्ताले थप बन्धकहरूलाई रिहा गर्न सक्ने कुरामा आशावादी रहेको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)