वामआन्दोलनलाई बलियो बनाउने चाहना छ : भण्डारी
nepalnews.com · Tue Sep 29 14:48:09 GMT 2026

रूपन्देही। नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताएकी छन्।
आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले एमालेले आफूलाई दिएको सम्मानित वरिष्ठ नेताको जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई थप ऊर्जा दिने गरी काम गर्ने बताइन्। एमालेले यही असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो भने उक्त निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)