मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद् अवरोध राष्ट्रहितका लागि हो : ऐन महर

nagariknews.nagariknetwork.com · Sun Jun 07 13:59:23 GMT 2026

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको हालैको अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वतन्त्रता तथा भौगोलिक अखण्डताविपरीत रहेको भन्दै त्यसको विरोधमा प्रतिपक्षी दलहरूले संसदमा अवरोध जारी राखेको बताएका छन्।

रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महरले संसद जस्तो गरिमामय संस्थाको रोस्ट्रमबाट राष्ट्रिय संवेदनशीलतासँग जोडिएका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिनु उचित नभएको बताए। प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको दाबी गर्दै उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)