मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
onlinekhabar.com · Tue Sep 29 15:01:13 GMT 2026

१३ असोज, गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कालीगण्डकी नदीमा आइतबारदेखिको वर्षासँगै आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मंगलबार पर्वतको जलजला गाउँपालिका–८ फर्से पुगेर मुख्यमन्त्री पाण्डेले स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक, पुललगायत भौतिक पूर्वाधारमा परेको असर र प्रभावित नागरिकको अवस्थाबारे स्थानीयवासी र जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)