हमासको लगानीबारे अनुसन्धान गर्दै स्विट्जरल्यान्ड
nepalsamaya.com · Sat Oct 21 17:10:07 GMT 2023
स्विट्जरल्यान्डले हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण नगरे पनि उसको सम्भावित लगानीको स्वीस न्यायपालिकाले अनुसन्धान गरिरहेको महान्यायाधिवक्ताले बताएका छन्।
महान्यायाधिवक्ता स्टेफन ब्ल्याटरले स्विस सार्वजनिक रेडियो स्टेसन एसआरएफमा धेरै विवरण उल्लेख नगरी हमासले अक्टोबर ७ मा इजराइलमाथि हमला गर्नुभन्दा ‘कयौँ सातापहिला’ अनुसन्धान सुरु गरिएको जानकारी दिए। महान्यायाधिवक्ताको कार्यालयले पछि एएफपीलाई ‘स्विट्जरल्यान्डलाई हमासको लगानीको आशङ्का’ मा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)