मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेटिङमा तस्करी मौलायो अख्तियार असन्तुष्ट

newsofnepal.com · Wed Apr 12 00:46:59 GMT 2023

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सम्बन्धित निकायलाई सीमा क्षेत्रमा हुने तस्करी रोक्न निर्देशन दिए पनि तस्करी नरोकिएपछि अख्तियार असन्तुष्ट बनेको छ ।

अख्तियारले केही समयअघि मात्रै अर्थ मन्त्रालयका पदाधिकारी, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, भन्सार विभागका महानिर्देशकलगायतका उच्च सरकारी अधिकारीलाई बोलाएर सीमा र भन्सार नाकामा हुने तस्करी रोक्न विशेष निर्देशन दिएको थियो । अख्तियारले त्यसपछि पनि सरोकारवाला निकायका पदाधिकारीलाई बोलाएर तस्करी रोक्न निर्देशन दिँदै आएको छ । बारम्बार निर्देशन दिँदा पनि सीमा क्षेत्रबाट तस्करी रोकिनुको साटो उल्टै सेटिङमा तस्करी हुने क्रम बढेपछि अख्तियार असन्तुष्ट बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)