विस्थापितको पीडा : कठ्यांग्रिँदो चिसोमा पालमुनिको बास
ekantipur.com · Thu Jan 01 17:35:06 GMT 2026

कञ्चनपुर — मध्य पुसको कठ्यांग्रिँदो चिसो । पालमुनिको बास । शीतले बिस्तरा पूरै भिज्छ । कहिलेकाहीँ त शरीरमा लगाएका लुगासमेत भिजेका हुन्छन् । महेन्द्रनगरस्थित डिभिजन वन कार्यालयअगाडिको जडीबुटी कार्यालयको खाली जमिनमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरू यस्तै अवस्थामा अहिले रात गुजारिरहेका छन् ।
खाली जमिनभरि पाल टाँगेर टहरा बनाइएका छन् । कतिपय टहरा खाली छन् भने कतिपयमा बसोबास गरिरहेका छन् । दिउँसो समेत शीत लहरका कारण बाहिर निस्कन नसकिने अवस्थामा उनीहरू पालछेउमै आगो बालेर बस्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)