नयाँ सरकारप्रति भारतमा उत्साह रहेछ, केही महिनामा दुवै देशबाट उच्चस्तरीय भ्रमण हुन्छ : परराष्ट्रमन्त्री
kathmandupati.com · Sun Jun 07 14:22:20 GMT 2026

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कीएका छन् । भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली गएका थिए ।
विमानस्थलमा पत्रकार सँग कुराकानी गर्दै खनालले भारतमा नयाँ सरकारप्रति एक किसिमको उत्साह रहेको बताए । उनले भने ‘नयाँ सरकारप्रति एक किसिमको उत्साह छ । स्थिर सरकार नेपालले पाएको छ, त्यो स्थिर सरकारमार्फत नेपाल भारतबीच रहेका विभिन्न सहयोगका परियोजना लगायतका विषयमा ढुक्क भएर काम गर्न सकिन्छ ।चाँडो चाँडो सरकार परिवर्तन हुँदैगर्दा सुरु गरिएका परियोजना, संवाद टुंगोमा पुग्न अप्ठेरो हुने, र अहिलेको स्थिर सरकारले कन्फिडेन्स दिएको मैले पाएँ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)