मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

३ महिनाअघि टिम सम्हालेका रिग्रेगीको कमाल, मोरक्को क्वाटरफाइनल पुग्ने पहिलो अरब राष्ट्र

nepallive.com · Tue Dec 06 19:03:00 GMT 2022

काठमाडौं– कतारमा जारी विश्वकप खेल्न आउनुभन्दा तीन महिनाअघि मात्र मोरक्कोले आफ्नो अनुभवी प्रशिक्षक बाहिद हलीहोजिचलाई पदबाट बर्खास्त गरेको थियो। यतिबेला युवा तथा अनुभवहीन वालिद रिग्रेगीलाई मोरक्को टिमको प्रशिक्षक नियुक्त गर्दा धेरैले प्रश्न उठाएका थिए।

तर, अहिले आफ्नो टोलीलाई क्वाटरफाइनल पुर्याएपछि ४७ वर्षीय मोरक्कन प्रशिक्षकको चर्चा चुलिएको छ। मंगलबार राति प्रिक्वाटर फाइनलमा पूर्वविश्व विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा मोरक्कोले ३–० ले पराजित गर्यो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)