उपचार नपाए रजहर जानू
annapurnapost.com · Sat Dec 04 06:56:00 GMT 2021
रजहर (नवलपरासी) : कोरोना महामारीको पहिलो लहर त्रासदीपूर्ण थियो। चिकित्सकहरू स्वयं बिरामी हेर्न डराउँथे। नयाँ र विश्वव्यापी भाइरस भएकाले उपचार एवं पूर्वसावधानीबारे ज्ञान भइसकेको थिएन। एकाएक बिरामी ह्वात्तै बढे। सरकारले उपचार केन्द्र तोक्दै चिकित्सकहरूलाई सेवा दिन निर्देश गर्यो।
नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालले रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई एउटा अस्थायी कोभिड अस्पताल बनायो। त्यसका निर्देशक डा. विनोद पौडेल सुरुमा आत्तिए। तर, हिम्मतका साथ उपचारमा खटिए। उनले प्राकृतिक विधिबाटै उपचार गर्ने, औषधि प्रयोगै नगर्ने अठोट लिए। आहार, विहार मिलाए। जटिल प्रकृतिका बिरामीसमेत सोचेभन्दा छिटो निको हुँदै गए। त्यसले उनमा थप हौसला बढ्यो। खुसीको कुरा, २०७७ जेठदेखि ८ महिनामा उक्त अस्पतालले ७ सय ८५ जना संक्रमितको उपचार गर्यो। सबैको सफलतापूर्वक। अर्थात् मृत्यु शून्य।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)