दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
reportersnepal.com · Tue Sep 29 16:17:44 GMT 2026

दार्चुला । जिल्ला सदरमुकाम खलंगामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तीव्र काम भइरहेको छ ।
गत साउनको अन्तिम साता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अनुगमन गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्देशन दिएपछि कामले गति लिएको हो । “पछिल्लो समय भवन निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको छ । चौथो तलाको ढलानको तयारी भइरहेको छ, असोज तेस्रो साताभित्र ढलान भइसक्नेछ”, सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इन्जिनियर विशाल श्रेष्ठले भने । लिफ्टसहितको अत्याधुनिक सुविधा सम्पन्न भवनको हालसम्म ६५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)