कौसी खेतीमा मिनी टनेल
abhiyandaily.com
काठमाडौं । बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन पनि मासिँदै छ भने खेती गर्ने प्रचलन पनि साँघुरिँदै छ । तर, कोरोना भाइरसका कारण र त्यसपछिको बन्दाबन्दीमा घरका छत तथा कौसीमै भए पनि खेती गरौं र आफ्नो भान्सामा प्रयोग हुने तरकारीहरू आफैं फलाऔं भन्ने सोचले सहर बजारमा गति लिएजस्तो देखिएको छ । अहिले कहीँकतै घरधनी तथा उपभोक्ताले खेती गरेको देख्न पाइन्छ ।
कतिपय युवा उद्यमीहरूले कौसी खेतीलाई नै लक्षित गरी व्यवसाय सुरु गरेका छन् भने अर्काेतर्फ कौसी खेती तरकारीले गर्जाे टार्नेमा सहायक भूमिका वहन गर्दै छ । त्यसभन्दा पनि सहरको कोलाहल, कंक्रिटका भवनबीच छतमा हरियालीद्वारा मानिसलाई आराम तथा शान्त दिने माध्यम पनि बनेको छ । घरमै कुहिने वस्तुको उपयोग पनि सोही खेतीमा हुने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)