बर्माबाट विराटनगर आएर रिक्सा कुदाइरहेका नवराज
ekantipur.com · Thu Jan 01 17:42:38 GMT 2026

विराटनगर — जनपथ टोलको साँघुरो गल्लीमा बिहानै सिटी रिक्साको हर्न बज्छ । छेउमै नदेखिने हुस्सुको पर्वाह नगरी ६८ वर्षीय नवराज बाह्रकोटी सडकमा निस्किसक्छन् ।
टाउकोमा टोपीमाथि मफलर, ज्यान ढाक्ने बाक्लो ज्याकेट लगाउँदा पनि जाडोले हात काँपिरहेका हातले रिक्साको हेन्डिल समात्न पनि गाह्रो भइरहेको छ। कपालसँगै परेला फुलेर सेतो भइसकेका उनी जीवनका पाङ्ग्रा अझै गुडाइरहेका छन् । मानौँ, उनी स्वयं एउटा पुरानो नेपाली आहानको सजीव रूप हुन्, ‘बर्मा गए कर्मसँगै, नेपाल आए कपालसँगै ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)