मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतको फुलकाेर्टमा न्यायाधीशकाे प्रश्र: न्यायालयमा कसरी सलबलाए बिचौलिया ?

ratopati.com · Tue Sep 29 16:44:01 GMT 2026

काठमाडाैँ । सर्वोच्च अदालतमा चाेलेन्द्र शमसेर जबरापछिका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको कार्यकालमा न्यायालय तुलनात्मक रूपमा शान्त र ठिकठाक चलेको थियो । तर प्रधानन्यायाधीश शर्माको कार्यकाल सुरु भएसँगै बिचौलियाहरू पुनः सलबलाएको, हाबी भएको र उनीहरूको सक्रियता बढेको भन्दै न्यायाधीशहरूले आक्रोश पोखेका छन् ।

पूर्व प्रधानन्यायाधीश जबराको पक्राउको विषयमा धारणा बनाउन बसेको बैठकमा प्रधानन्यायाधीशमाथि एक न्यायाधीशले प्रश्न गर्दै , 'उनीहरूको कार्यकालमा ठिकठाक चलेको न्यायालयमा तपाई आउनासाथ किन बिचौलियाहरू सलबलाए, उनीहरू हाबी भए' भनी प्रश्न गरेका एक न्यायाधीशले बताए । साथै, अघिल्ला प्रधानन्यायाधीशहरूको कार्यकालमा मौन रहने पूर्वप्रधानन्यायाधीश जबरा, डा. शर्माको पालामा एकाएक सक्रिय हुनु संयोग मात्रै नभएको भन्दै उनीहरूले जवाफ मागेका थिए। यही समयमा जबरा विरुद्धको रिट खारेज भएर उनले पेन्सनपट्टा पाउने बाटो खुल्नुलाई पनि कतिपयले 'सेटिङ' को आशङ्का गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)