छ्याङ्दी हाइड्रोपावरको लिलामी सेयर किन्ने आज अन्तिम मौका
arthasansar.com
छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट बिक्रि खुल्ला गरेको अवितरित हकप्रद सेयरको लिलाम बढाबढमा बोलपत्र पेश गर्ने आज चैत्र ९ गते अन्तिम दिन रहेको छ।
कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५९ हजार ८ सय २७ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले आज चैत्र ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)