प्रेरक प्रसंग : समस्या समाधानको फरक पाटो
nayapatrikadaily.com · Wed Jan 17 00:14:00 GMT 2024
एक पिता कुनै किताब पढ्न व्यस्त थिए । तर, उनका १० वर्षीय छोराले नजिक आएर उनलाई तालतालका प्रश्न सोधेर हैरान पारिरहेका थिए । आफूले जतिसुकै सम्झाउँदा वा हप्काउँदा पनि छोरामा कुनै असर नपरेको देखेर पितालाई कुनै अर्कै काममा छोरालाई अल्झाउन पाए हुन्थ्यो कि भन्ने लाग्यो । उनले नजिकै रहेको एउटा पुरानो किताब उठाएर पाना पल्टाए । त्यसमा विश्वको नक्सा छापिएको थियो । उनले त्यो पाना ध्यार्र च्याते र त्यसलाई कैयौँ टुक्रामा काटेर मिसमास पारे । अनि, छोरालाई दिँदै भने– बाबु, यो विश्वको नक्सा हो । अब तिमी यी टुक्रालाई जोडेर नक्सा पूरा गरेर बाबालाई देखाऊ ल !
खुसी हुँदै बालक तत्काल काममा जुटे । पिता पनि अब दुई–चार घन्टासम्म ढुक्कले पढ्न पाइने भयो भनेर मक्ख परे । तर आश्चर्य ! मुस्किलले पाँच मिनेट बितेको थियो होला, बालकले ती सबै टुक्रा जोडेर विश्वको नक्सा तयार गरे र पितालाई देखाए । छोराले त्यति कठिन काम पनि कुशलतापूर्वक छोटो समयमै पूरा गरेको देख्दा खुसी हुनुको साटो उनी छक्क परे । उनले छोरालाई प्रश्न गरे– तिमीले यति छिटै कसरी यो काम पूरा गर्यौ ? जब कि यो काम निकै कठिन थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)