भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित
canadanepal.com · Tue Sep 29 17:54:24 GMT 2026

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै जाँदा बाढीको जाखिमको पूर्वानुमानमा पूर्वीराज्य ओडिसाको तल्लो क्षेत्रबाट कम्तिमा एक लाख ४० हजार मानिसलाई सुरक्षित आश्रयमा सारिएको रिपोर्ट गरेका छन् ।
राजस्व तथा विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीले सरकारले ओडिसाको तल्लो क्षेत्रबाट एक लाख ४० हजार मानिसलाई उद्धार गरेको घोषणा गरेका छन् । हिराकुड बाँधबाट अतिरिक्त पानी छोडेपछि घना जनसङ्ख्या भएको तटीय क्षेत्रहरू हुँदै बग्ने महानदीमा बाढी आएको अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)