‘इन्गेजमेन्ट’ टुटेपछि युवतीले गरिन् आत्मदाह
nayapatrikadaily.com · Wed Dec 07 00:22:00 GMT 2022
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा २७ वर्षीया पुष्पा न्यौपानेको आत्मदाहले महिलामाथि नरोकिएको हिंसाको चरम रूपलाई उजागर गरेको छ । दुवै परिवारको अनुमतिमा धुम्बाराहीका सुधन संग्रौलासँग इन्गेजमेन्ट गरे पनि पछि विवाह नगर्ने भन्दै केटा पक्षले सम्झौता तोडेपछि उनले आइतबार साँझ सुधनकै घरको ढोकाअगाडि आत्मदाह गरेकी हुन् । शरीरमा पेट्रोल छर्केर आगो लगाएकी उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ सेन्टर लगिएका थियो । उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो ।
दुवैतर्फका अभिभावकले मञ्जुरी दिएपछि पुष्पा र सुधनबीच १८ भदौमा बुद्धनगरस्थित पुष्पाकै घरमा इन्गेजमेन्ट भएको थियो । वर्ष दिनभित्र विवाह गर्ने सहमतिमा इन्गेजमेन्ट भएको मृतक पुष्पाका काका उत्तम न्यौपानेले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । ‘दुवै पक्षको चित्त बुझेपछि राजीखुसी, मञ्जुरीले गत १८ भदौमा भतिजीको घर बुद्धनगर बानेश्वरमा जनै–सुपारी, टीकाटालो, दान–दक्षिण भई एक वर्षभित्र दिन किटान गरी विवाह गर्ने निश्चय भएको हो,’ जाहेरीमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)