सिमेन्ट निर्यातको खुसी
gorkhapatraonline.com · Sun Jul 10 01:06:26 GMT 2022
सानो उपलब्धिले समेत कहिलेकाहीँ ठूलो खुसी दिन्छ । सिमेन्ट निर्यात हुन थालेर नेपाललाई यस्तै खुसी प्राप्त भएको छ । वार्षिक १८ खर्ब रुपियाँ हाराहारीको आयात र दुई खर्ब रुपियाँ हाराहारीको मात्र निर्यातले अर्थतन्त्रमा विदेशी मुद्राको ठूलो चाप परिरहँदा यो उलपब्धि आफैँमा खुसी हो । त्यसै पनि विदेशी मुद्रा आर्जन गर्ने आधार सीमित छ र आयात गर्न नेपाली मुद्रामा हुँदैन ।
आयातका लागि सम्बन्धित देशको मुद्रा वा सबैतिर मान्य अमेरिकी डलरकै आवश्यकता पर्छ । विदेशी मुद्रा विप्रेषण, वैदेशिक लगानी, अनुदान, सहयोग र पर्यटनजस्ता अति सीमित माध्यमबाट आउने हो र ती सबै बाटा उत्साहजनक छैनन् । यस्तो अवस्थामा शुक्रबारबाट भारतमा सिमेन्ट निर्यात सुरु भएको छ । विद्युत् निर्यात हुन थालेको केही समयपछि सिमेन्ट निर्यात हुन थाल्दा यसले आशाको दियो बालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)