मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तयारीविनाको निर्देशनले निम्तिएका समस्या

abhiyandaily.com

सरकारले भूउपयोग नियमावली २०७९ जारी गरे पनि जग्गा वर्गीकरणका लागि उपयुक्त आधार नबनाएकाले जग्गाको कित्ताकाट, दृष्टिबन्धक र रजिस्ट्रेशनलगायतका काम रोकिएका छन् । यही कारण बैंकहरूले जग्गा धितोमा कर्जा प्रवाह गर्न पनि रोकेका छन् । यो विनातयारीको निर्देशनले सर्वसाधारणले दुःख पाउन थालेका छन् । त्यसैले भूउपयोग नियमावली ल्याउनु सकारात्मक भए पनि विनातयारी ल्याइएकाले यसले अर्थतन्त्रलाई समेत प्रभावित पार्ने देखिएको छ ।

बैंकहरूलाई पनि जग्गा धितोमा कर्जा प्रवाह गर्न रोक लगाइएको छ । जग्गाको वर्गीकरण नभएकाले रजिस्ट्रेशन पासलगायत काम गर्न मालपोतको हात बाँधिएको छ । त्यसैले जग्गा कारोबार गुजुल्टिएको छ र तत्काल समाधान भइहाल्ला जस्तो पनि देखिँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)