इजरायली आक्रमणमा ११ को मृत्यु
barnanmedia.com · Sat Jan 31 22:03:52 GMT 2026

गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो ।
हमास प्राधिकरण अन्तर्गतको मन्त्रालयका महाप्रबन्धक मुनीर अल-बर्शलाई उदृत गर्दै एएफपीले थप २० जना घाइते भएको तथा इजरायलले अपार्टमेन्ट र शिविरका नागरिकहरूलाई लक्षित गरि आक्रमणगरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)