मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओमिक्रोन फैलिए बालबालिकालाई जोखिम

ekantipur.com · Wed Dec 29 01:25:03 GMT 2021

काठमाडौँ — कोरोना महामारीमा विद्यालय बन्द हुँदा ललितपुर गोदावरीकी बिना थापा बच्चाहरू बिग्रिने हुन् कि भनेर चिन्तत हुन्थिन् । विद्यालय खुल्न थालेपछि भने उनमा भने अर्को चिन्ता थपिएको छ– बच्चाहरूमा संक्रमण पो हुने हो कि ∕ ‘विद्यालय नजाँदा घरमा चकचक गर्छन् भने पीर, विद्यालय जाँदा कोरोना सर्ला भन्ने डर,’ उनले भनिन्, ‘खोप लगाइदिन पाए अलि ढुक्क भइन्थ्यो कि ।’ उनका ८ वर्षीय छोरा र ३ वर्षकी छोरी विद्यालय गइरहेका छन् ।

दाङकी ११ वर्षीया प्रतिभा चौधरी विद्यालय खुलेपछि फुरुंग छिन् । उनी विद्यालयको बसमा जान्छिन् । ‘कत्ति पछि स्कुल लाग्यो । सुरुमा त पठाऊँ कि नपठाऊँ भएको थियो तर अहिले कोरोना कम भएको छ,’ प्रतिभाकी आमा भन्छिन्, ‘नानीलाई मास्क लगाउन, हात धुन सिकाउन पर्दैन । तर स्कुल बसमा भने भीड हुने रहेछ । त्यसैले डर लाग्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)