भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतमा समन्वय तीव्र
gorkhapatraonline.com · Tue Sep 29 18:30:05 GMT 2026

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सडक सम्पर्क पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबिच समन्वय बढाइएको छ ।
मनसुन प्रतिकार्य कमान्ड पोस्टमा आज बसेको बैठकमा भोटेकोशी बाढी तथा यही असोज ८ देखि ११ गतेसम्म भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरुद्ध सडक पुनःस्थापनाका लागि भइरहेका प्रयासबारे छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)