मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली चुनावतिर

imagekhabar.com · Sat Oct 02 00:55:05 GMT 2021

कठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी चुनावमार्फत पुनः बालुवाटार फर्कने रणनीतिक प्रस्ताव गरेका छन् । दोस्रो पटक गरेको संसद् विघटनलाई पनि असंवैधानिक भन्दै सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओली ३१ असारमा बालुवाटारबाट बालकोट फर्किएका थिए । पुनस्र्थापित संसद्ले प्रभावकारी काम नगरेको भन्दै उनले सार्वजनिक रुपमै ुअर्ली इलेक्सनु माग गरिएका छन् ।

शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा ओलीले आगामी तीनवटै तहको निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिका रुपमा स्थापित गर्ने गरी निर्वाचनको तयारीका कामलाई तीव्रता दिने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा सुरु पहिलो विधान महाधिवेशन उद्घाटनपछि राजनीतिक प्रतिवेदन प्रस्तु गर्दै ओलीले पार्टीको अबको प्राथमिक काम चुनावकेन्द्रीत हुने स्पष्ट गरेका छन् । ओलीले प्रतिवेदनमा समृद्धिको यात्रालाई निरन्तरता दिन पार्टीलाई राज्य सञ्चालनको केन्द्रभागमा पुनस्थापित गर्नु अनिवार्य पूर्वसर्त भएको उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)