जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट
Ujyaaloonline.com · Sat Jul 16 00:45:48 GMT 2022
काठमाण्डाै - जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी-२० विश्व कपमा छनोट भएका छन् ।
आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन् । नेदरल्यान्डले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हरायो । त्यस्तै जिम्बाब्वेले पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)