भारतीय तीर्थयात्री हुम्लामा
ratopati.com · Thu May 14 19:10:19 GMT 2026

हुम्ला । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट–नाम्खा हिल्सा नाका हुँदै भारतीय तीर्थयात्री सिमकोट पुगेका छन् । यहाँ आइपुगेका २५ भारतीय तीर्थयात्रीलाई प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलगायतले सिमकोट विमानस्थलमा स्वागत गरे ।
यस वर्ष हुम्ला हुँदै करिब ११ हजार भारतीय नागरिक कैलाश मानसरोवर दर्शनका लागि आउने अपेक्षा गरिएको छ । गत वर्ष सात हजार भक्तजनले कैलाश मानसरोवरको दर्शन गरेका प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)