एसियाली खेलकुद: नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान
ratopati.com · Tue Sep 29 19:01:10 GMT 2026
काठमाडौँ । बिसौँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
पालले पाँच हजार मिटरको दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)