गुरु पूर्णिमाको अवसर पारेर 'पञ्चमी' निर्माणको घोषणा
ratopati.com · Thu Jul 30 00:43:11 GMT 2026

काठमाडौँ । चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ । गुरु पूर्णिमाको अवसर पारेर फिल्म निर्माण घोषणा गरिएको हो । फिल्मको निर्देशन सौगात बस्नेतले गर्दै छन् । बस्नेत यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । उनले यश अघि केही फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका छन् ।
घोषणका लागि 'पञ्चमी' को एक थिम पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको, माथि त्रिशूल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र । यी सबै संयोग नभई पात्रहरूसँग प्रत्यक्ष सम्बन्धित रहेको निर्देशक बस्नेतको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)