चुनावी संघारमा नौ थरी व्यापारका लाइसेन्स
ekantipur.com · Fri Oct 14 01:01:34 GMT 2022
काठमाडौँ — आमनिर्वाचनको आचारसंहितासमेत लागू भइसकेका बेला सरकारले विभिन्न व्यवसायमा नयाँ लाइसेन्स वितरण प्रक्रिया अघि बढाएको छ । अर्थतन्त्रलाई दूरगामी प्रभाव पार्ने निर्णय गर्न नहुने आचारसंहिताविपरीत धितोपत्र बजार, धितोपत्र ब्रोकर, बिमा कम्पनी, वस्तु बजारलगायत क्षेत्रमा लाइसेन्स वितरण गर्न लागिएको हो ।
निर्वाचन घोषणा भइसकेपछि नयाँ विकास आयोजना सञ्चालन, पदपूर्ति र नयाँ लाइसेन्स वितरण गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ । तर विभिन्न मन्त्रालय, पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र बिमा समितिले बिनाअध्ययन ठूलो संख्यामा लाइसेन्स वितरण गर्न लागेका छन् । लाइसेन्स वितरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशन रहेको सम्बद्ध अधिकारीहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)