हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा
barnanmedia.com · Tue Sep 29 19:15:00 GMT 2026

इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने तेहरानको प्रस्तावबारे अमेरिकाबाट मङ्गलबार औपचारिक जवाफ प्राप्त हुने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँका अनुसार कतारी मध्यस्थकर्ताले इरान र अमेरिकाबीचको प्रस्तावबारे छलफल गरिरहेका छन् र अमेरिकी पक्षसँग पुनः कुरा गरेपछि अन्तिम जवाफ इरानलाई पठाइनेछ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका अराघचीले सोमबार राति कतारी मध्यस्थकर्ताले प्रस्तुत गरेका विषयमा छलफल भएको बताउनुभएको हो । “उहाँहरूले केही विचार प्रस्तुत गर्नुभयो र हामीले त्यसबारे छलफल गर्यौँ । उहाँहरूले अमेरिकी पक्षसँग फेरि कुरा गर्ने तयारी गर्नुभएको छ र त्यसपछि अन्तिम अमेरिकी प्रतिक्रिया हामीलाई पठाइनेछ”, उहाँले सरकारी सञ्चारमाध्यमलाई बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)