द्वन्द्वले अफगान बाल कुपोषण सङ्कट झनै गहिरिँदै
ratopati.com · Thu May 14 19:19:47 GMT 2026

काठमाडौँ । पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको सङ्कट अझ गहिरिँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप १० लाख बालबालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द्व, सीमा अवरोध र बढ्दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ । उनले अफगानिस्तानलाई अहिले ‘गम्भीर पोषण सङ्कटको केन्द्र’ का रूपमा वर्णन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)