क्यानडासँग नेपालको ठूलो अन्तरको हार
ekantipur.com · Mon Sep 16 23:26:45 UTC 2024
काठमाडौँ — नेपाल आईसीसी मेन्स क्रिकेट वर्ल्डकप क्रिकेट लिग–टुमा मंगलबार क्यानडाको हातबाट ठूलो अन्तरले पराजित भएको छ । नेपालको ब्याटिङ फेरि एकपल्ट असफल रह्यो र क्यानडाको किंग्स सिटीस्थित माप्ले लिफ क्रिकेट मैदानमा भएको खेलमा १ सय ३ रनले पराजित रह्यो । वान डे क्रिकेटमा नेपाल क्यानडाको हातबाट पराजित भएको यो पहिलो पटक हो ।
लिग–टुमा नेपालको यो पाँच खेलमा चौथो हार हो र टिमले दुई अंक मात्रै बटुल्न सकेको छ । यो नेपालको लगातार तेस्रो हार पनि हो । क्यानाडाले भने प्रतियोगितमा लगातार चार हारको क्रमलाई रोक्दै नौ खेलमा पाँचौँ जित निकालेको छ । अब उसको दस अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)