पहिलो खेलमा नेपाल पराजित, क्यानडा १०३ रनले विजयी
kalakarmi.com · Mon Sep 16 23:27:09 UTC 2024
टोरन्टो– आईसीसी क्रिकेट क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल नराम्ररी पराजित भएको छ । मंगलवार बिहान सम्पन्न भएको खेलमा नेपाललाई क्यानडाले १ सय ३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । ५० ओभरको खेलमा नेपाल पहिलो पटक क्यानडासंग पराजित भएको हो । यसअघि भएका तीन वटा वनडे इन्टरनेशनलमा नेपाल विजयी हुँदै आइरहेको थियो ।
क्यानडाको किङ्ग सिटीमा खेलिएको यो खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै क्यानडाले २ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यो लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको नेपाली टीम ४०.१ ओभरमै अल आउट हुँदै १ सय ५० रनमै सिमित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)