मदन पुरस्कार विजेता रामलाल जोशीले प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव पद नलिने
himalpress.com · Thu Jul 30 02:04:59 GMT 2026

काठमाडौँ- लेखक एवं मदन पुरस्कार विजेता रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य सचिव पद अस्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो स्पष्टोक्तिमा उनले प्रतिष्ठानको सदस्य–सचिवलगायत विभिन्न पदका लागि आफूलाई प्रस्ताव आए पनि स्वीकार नगरेको उल्लेख गरेका छन्।
जोशीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न संस्कृतिविद् डा। जगमान गुरुङले प्रस्ताव गरेको तर आफूले लेखनमा केन्द्रित रहने निर्णयका कारण अस्वीकार गरेको बताएका छन्। पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेश पौडेलमार्फत प्रतिष्ठानमा जिम्मेवारी सम्हाल्ने प्रस्ताव आएको उल्लेख गर्दै उनले आफूले उपकुलपतिको जिम्मेवारी भए स्वीकार गर्ने धारणा राखेको तर त्यसको सम्भावना नरहेपछि सदस्य–सचिवको प्रस्तावसमेत अस्वीकार गरेको जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)