फिफा विश्वकप २०२६ : इन्जुरी टाइमको गोलले क्यानडा अन्तिम १६ मा
kendrabindu.com · Mon Jun 29 00:34:54 GMT 2026
लस एन्जलस । सहआयोजक क्यानडा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाले सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अन्तिम ३२ को पहिलो खेलमा दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गर्यो ।
स्टेफन इस्टाकुइओले इन्जुरी टाइमको दोस्रो मिनेटमा निर्णायक गोल गरे । उनले पेनाल्टी बक्सबाट गरेको प्रहार कुना च्याप्दै गोल भएको थियो । क्यानडाले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्को बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)