इरानमा मृत्यु दण्डको संख्यामा वृद्धि, अन्तर्राष्ट्रिय आलोचना
ekantipur.com · Tue Sep 23 16:47:17 GMT 2025
पेरिस — इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आइएचआर) ले जानकारी गराएको छ । उक्त संस्थाले यो कार्यलाई ‘भय सिर्जना गर्ने उद्देश्यले गरिँदै आएको सामूहिक मृत्युदण्ड अभियान’ को रूपमा चित्रण गरेको छ ।
गत सातामात्रै ६४ जनालाई फाँसी दिइएको जनाएको छ, जसको औसत दर दैनिक नौभन्दा बढी रहेको छ । यो संख्या सन् २००८ यता सबैभन्दा उच्च हो, जबदेखि संस्थाले मृत्युदण्डसम्बन्धी तथ्यांक संकलन गर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)