भारतको ३० रनको जितसँगै दक्षिण अफ्रिकामाथि टी–ट्वान्टी सिरिज ३–१ ले कब्जा
ratopati.com · Fri Dec 19 18:02:18 GMT 2025
काठमाडौँ। भारत र दक्षिण अफ्रिकाबिचको पाँच खेलको टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा भारतले ३० रनको शानदार जित हासिल गरेको छ । जितसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पार्यो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २३१ रन बनायो । जितका लागि २३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रनमै सीमित रहनु पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)