वरिष्ठ उपाधिका लागि सर्वोच्चले माग्यो विवरण
gorkhapatraonline.com · Sat Jan 27 00:57:36 GMT 2024
काठमाडौँ, माघ १३ गते ।
सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदानका लागि कानुन व्यवसायीसँग विवरण मागेको छ । वरिष्ठ अधिवक्ताको उपाधि सिफारिस समितिको सचिवालयले सूचना जारी गर्दै ३० दिनभित्र तोकिएको विवरण उपलब्ध गराउन आग्रह गरेको हो । यसअघि २०७७ मा उपाधि दाबीका लागि आवेदन गरिसकेका कानुन व्यवसायीले नयाँ आवेदन दिनुपर्ने छैन तर प्रमाणपत्र अद्यावधिकको विवरण भने समितिलाई उपलब्ध गराउनुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)